OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७९जुम्ला,
४१३ पटक

वैशाख १५ गते, स्थानीय तहको निर्वाचनमा जुम्लामा गठवन्धन नहुने भएको छ । गठवन्धन के हुने बिषयमा अन्यौल भईरहेको समयमा सत्तारुढ राजनैतिक दलहरुले जुम्लामा अव गठवन्धन नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा गठवन्धन अव सम्भावना नहुने भएको बताउनुभयो । उहाँले अव जुम्लामा गठवन्धन हुन्छ भनेर अन्यौलमा नपर्नुपर्ने बताउनुभयो । गठवन्धनले पहिलो पटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्ला स्थित शिर्ष नेताहरुको वैठकमा निश्कर्ष विहिन भएकाले अव अन्तिम समयमा असम्भव नहुने र मिडियाले जनतालाई जानकारी दिन सर्वदलिय वैठकमा नै बताउनुभएको छ ।

नेपाली कांग्रेस जुम्ला जिल्ला सभापति कर्णबहादुर शाहीले अवस्था अस्तव्यस्त भएकाले गठवन्धन हुन कठिन भएको बताउनुभयो । उहाँले कार्यान्वयन गर्न प्रयास गरिएपनि अन्तिममा समस्या भईरहेको बताउनुभयो ।

एकिकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले अस्तिनै गठवन्धन नहुने निश्कर्षमा पुगेको बताउनुभयो । उहाँले लामो समय गृहकार्य गरेपनि सम्भावना नभएकाले असम्भव भएको बताउनुभयो ।

गठवन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठवन्धनले गाउँपालिकाको नेतृत्व बाडफाड गरेको थियो । तर त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गईसकेकाले गठवन्धनको सम्भावना भएन । त्यो भन्दा पहिला पनि आएको निर्देशनको आधारमा जिल्लामा ११ गते गठवन्धनको लागि वैठक बसेको थियो । सो वैठकमा सहमति नभएपछि दलहरु निश्कर्ष विहिन भएर आफ्नो तयारीमा लागेका थिए ।

प्रतिकृया दिनुहोस्