OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७९ जुम्ला,
१२३५ पटक

वैशाख १५ गते, सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धितालको गाउँपालिका अध्यक्षमा उम्मेदवारी परेको छ । सिञ्जा गाउँपालिका ३ निवासी पूर्णप्रसाद धितालले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो ।

सिञ्जामा माओवादीको उपाध्यक्षमा भने सितली रोकायाको उम्मेदवारी परेको छ । वि.सं २०४०,४२ साल देखी नेपाल मजदुर किसान पार्टीमा आवद्ध हुदै हाल नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्यमा रहेका नेता धिताल अधिकांस सिञ्जा वासीका लोकप्रिय नेता हुन् ।

२०७४ सालको निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिञ्जामा आएर धिताललाई माओवादीमा दलवल सहित प्रवेश गराउनु भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले धिताललाई तत्कालिन समयमा जुम्ला निर्वाचन क्षेत्र (ख) को सांसद टिकट समेत दिने घोषणा गर्नुभएको थियो । तर तत्कालिन समयमा नेकपा एमाले र माओवादीको गठवन्धन भएपछि सिञ्जामा नेकपा एमालेलाई भाग परेपछि धिताल बस्नु परेको थियो । धिताल निर्वाचन अघि भने नेमकिपाबाट उपविजेता भएका थिए । पार्टी अध्यक्षले समेत सिञ्जामा निर्वाचन क्षेत्र (ख) को उम्मेदवारका लागि भनेपनि प्रतिस्पर्धात्मक राजनिति र गाउँपालिकालाई मोडल बनाउन गाउँपालिकाको टिकट रोजेको धितालले बताउनु भयो ।

उहाँले अहिले सिञ्जा गाउँपालिकाको अध्यक्षमा आफ्नो उम्मेदवारी सिञ्जा खस सभ्यता र त्यहाँको विकासलाई विश्वसामु चिनाउन सानो प्रयास गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो । यसैगरी सिञ्जा गाउँपालिकामा धिताल सहित अध्यक्षमा ७ जना, उपाध्यक्षमा ७ जना, वडाध्यक्षमा ३९ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत कर्णबहादुर महतले जानकारी दिनुभयो ।

सिञ्जामा नेपाली कांग्रेसबाट अध्यक्षमा नन्दराम बुढा, नेकपा एमालेबाट सुमन आचार्य र नेकपा एकिकृत समाजवादीका कमल खत्रीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा समाजवादीकी हिमाली भण्डारी, काँग्रेसकी रजनकला शाही, माओवादीकी सितली रोकायाले उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सिञ्जाका ३ तह सिञ्जा, हिमा र कनकासुन्दरी हुन । कनकासुन्दरीमा नेपाली कांग्रेसका दामोदर आचार्य, माओवादीका धनबहादुर रावत, एमालेका मानबहादुर रोकाया, एकिकृत समाजवादीका पदम वहादुर बुढा सहित १० जनाको अध्यक्षमा र ८ जनाको उापध्यक्षमा उम्मेदवारी परेको छ ।

सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अमरजंग शाही, नेकपा एमालेका जयबहादुर खत्री, नेपाली कांगेसका भैबहादुर रोकाया सहित ७ जनाको अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसैगरी उपाध्यक्ष १० जनाको उम्मेदवारी परेको छ ।

प्रतिकृया दिनुहोस्