OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १४, २०७९जुम्ला,
५३५ पटक

वैशाख १४ गते, जिल्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प हुदा एक जना घाईते भएका छन् ।

टिकटको बिषयलाई लिएर दुईपक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट आएपछि दुईपक्षविच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिकट आएपछि रोकिएको थियो ।

उहाँका अनुसार सो विषयलाई लिएर दुई पक्ष विच झड्प भएको छ । झड्प हुदा ढुंगा प्रहारबाट हिमा गाउँपालिका ६ निवासी अन्दाजी ४५ बर्षिय छत्र अधिकारी घाईते हुनु भएको प्रहरीले जनाएको छ । विनसा रोकायाले आफुलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाईनमा बसेको थिए । तर आफ्नो नाममा आएको टिकट, केही व्यक्तिले अर्को टिकट लिएर कल्पनाको दर्ता गराएकाले आफु पिडित भएको विनसाले बताईन ।

प्रहरीका अनुसार घाईते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाईएको छ । कल्पना नेपालीले उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झड्प भएपनि प्रहरी निरीक्षक भट्ट सहितको टोली हिमामा पुगेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भएपनि स्थानीय तहमा कल्पनाको दर्ता गराईसकिएकाले समस्या सामाधान गरिनुपर्ने बताउनुभयो । उहाँले दर्ता गराउनेको दोष नभई विचमा समस्या ल्याईदिएकाले के भएको हो बुझ्न प्रयास भईरहेको बताउनुभयो । उहाँले माओवादी नेता कार्यकर्तालाई सम्यम भएर निर्वाचनमा लाग्न अनुरोध गर्नुभयो ।

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्ष सहित बहुमत विजय हाशिल गरेको थियो । यो बर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ ।

प्रतिकृया दिनुहोस्