OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०७९
५४४ पटक

१२ बैशाख २०७९, सोमबार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलका उम्मेदवारहरुले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गर्ने मुख्य दलका उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले वीरेन्द्रनगर प्रमुख र रामकुमारी थापाले उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै, नेकपा एमालेबाट मोहनमाया ढकाल (भण्डारी)ले प्रमुख र निलकण्ठ खनालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगर सुर्खेतले जानकारी दिएको छ । यता नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रमुखमा धना जिसी (शाही)ले उपप्रमुखमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्द श्याम गिरीले प्रमुख र अन्जु बस्यालले उपप्रमुखमा र नगर प्रमुख पदका लागि युवा अनिल ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्