नेत्र शाही, ।बैशाख १०, २०७९जुम्ला ।

१२९५ पटक

२०७९ वैशाख १० गते,
जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडि फिर्ता गर्नुभएको छ ।
उहाँले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गरेको गाडि फिर्ता गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार अध्यक्ष न्यौपानेले कार्यालयमा गाडि बुझाउनु भएको र सो गाडि एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ ।
अध्यक्ष न्यौपानेले भने अव करिब एक महिना छ, कार्यालयलाई बुझाउनु नैतिक दायित्व भएकाले गाडि बुझाईएको जानकारी दिनुभयो । धेरै जसो गाडिहरु निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन अव कार्यालयलाई फिर्ता गर्दा ठिकै होला जस्तो लागेको उहाँले जानकारी दिनुभयो ।