OnlinePana

आज : २०८३ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०७९काठमाडौं
८५७ पटक

८ बैशाख २०७९ बिहीबार

एजेन्सी: रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ।

रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्।

यसैबीच रुससँगको प्रारम्भिक वार्तापछि मारियोपोलबाट ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ अझै पनि १० हजार मानिस फसेका युक्रेनी अधिकारीहरुले बताएका छन्। रुसले अहिले युक्रेनको पूर्वी भागमा आक्रमण गरिरहेको छ।

त्यहाँ रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन्। रुसी सेनाले पछिल्लो दुई दिनदेखि युक्रेनको पूर्वी भागमा ध्यान केन्द्रित गरेको छ।

यसैबीच युक्रेनबाट अहिलेसम्म ५० लाखभन्दा बढी मानिस पलायन भएको संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ।
युक्रेनले उनीहरुसँग सम्पर्क स्थापित गर्न रेडक्रसलाई आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्