OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ७, २०७९
११०८ पटक

नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा बिष्णु शर्मा पुन निर्वाचित हुनु भएको छ ।
बुधवार विरेन्द्र नगरमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन बिष्णु प्रसाद शर्मा निर्वाचित हुनु भएको हो ।

यसैगरी शारिरिक महिला उपाध्यक्ष लिला वली, सचिवमा यज्ञप्रसाद देवकोटा, सहसचिवमा हेमन्त बुढामगर, कोषाध्यक्षमा सुरेश कुमार खड्का सहित १७ सदस्यीय कार्यसमिति चयन भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनाएको छ ।

शर्माले ३३ मत र शर्माका प्रत्यासी बिष्णुप्रसाद भट्टराईले ३१ मत प्रदान गर्नु भएको थियो । कर्णाली प्रदेशमा ३३ वटा अपांगता भएका व्यक्ति र अभिावकले स्थापना गरेर महासंघमा नविकरण भएका जम्मा ६६ संस्था मध्य ६४ मत खसेको थियो । कार्यसमितिको अध्यक्ष र एक सदस्य वाहेक सवै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले अपांगता क्षेत्रमा कर्णालीमा धेरै कुरा गर्नुपर्ने वाँकी रहेकाले सल्लाह सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्