OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख ६, २०७९काठमाडौं
५५२ पटक

२०७८ वैशाख ६ गते । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अवका कर्णालीका संरचना अपाङ्गता मैत्री हुनु पर्नेमा जाेड दिनुभयाे । राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे दाेस्राे अधिवेशनमा वाेल्दै उहाँले अवका भाैतिक संरचना अपाङ्गतामैत्री बनाउनेमा जाेड दिनुभयाे । उहाँले भाैतिक संरचना निर्माण मात्रै नभई सामाजिक कार्यक्रमा कसरी जाेड दिने भन्ने बिषयमा ठाेस याेजना अावश्यक रहेकाे र सवैकाे सहयाेग सल्लाह भएकाे बताउनुभयाे । उहाँले अपाङ्गतामैत्री समाजिक विकासका लागि अन्य मन्त्रालय सँग पनि सहकार्य अावश्यक रहेकाे बताउदै शुभकामना दिनुभयाे ।                                                                          महासंघका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताका नीति स्थानीय स्तरमा स्थानीय  अनुकुलतामा अाधारित बनाउन अधिकारकर्मी र सराेकारवाला लाग्नुपर्नेमा जाेड दिनुभयाे ।उहाँले अपाङ्गता एेेन वनाउने देखि अपाङ्गता क्षेत्रमा काम गर्न सहयाेग पुर्याउने प्रति धन्यवाद ज्ञापन गर्नुभयाे ।      कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले कर्णालीमा अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य सहित अाधारभुत अावश्यकता महङ्गाे भएकाले राज्यले ध्यान दिनुपर्याे बताउनुभयाे । उद्धाटन कार्यक्रम सकिएकाे र वन्दसत्रका लागि तयारि भएकाे महासंघले जनाएकाेछ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्