

२०७९ वैशाख ६ गते, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे दाेस्राे अधिवेशन शुरू भएकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन शुरू भएकाे हाे । अधिवेशनकाे उद्धाटन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले गर्नुभएकाेछ ।
अध्यक्ष बिष्णु शर्माकाे अध्यक्षतामा हाेटल भ्याली भ्यूमा शुरू भएकाे अधिवेशनमा कर्णाली प्रदेशका अपाङ्गता क्षेेेत्रमा कार्यरत ३३ संस्थाका ६६ जना प्रतिनिधि र सहभागी गरेर एक सय व्यक्तिकाे सहभागिता भएका छन् । अधिवेशनमा राष्ट्रिय अपांग महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत, अनुशासन संयाेजक टेकनाथ न्याैपाने , लुम्विनि प्रदेशका अध्यक्ष देविदत्त अाचार्य, महासंका केन्द्रीय सदस्य केशवराज देवकाेटा, पुर्व केन्द्रीय सदस्य नन्दराज धिताल, पत्रकार महासंघ जुुम्लाका अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य नेत्रबहादुर शाही र सामाजिक विकास मन्त्रालयका सामाजिक विभाग प्रमुख अनिता ज्ञवाली सहितका अपाङ्गता अधिकारकर्मी, अतिथि र दाभासे उद्धाटन कार्यक्रमा सहभागी हुनु भएकाे छ ।