OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २, २०७९काठमाडौं
५२६ पटक

जुम्लामा दुईदिन देखी ईन्टरनेट अवरुद्ध भएको छ । ईन्टरनेट अवरुद्ध भएका कारण सरकारी कामकाज देखी समाचार पठाउनमा समेत कठिन भएको छ । एडिएसएल, फोरजी मोवाईल डाटा लगाएतका ईन्टरनेट सेवाहरु अवरुद्ध भएका छन् ।

विहीवारबाट ईन्टरनेट सेवा अवरुद्ध हुदा सरकारी कामकाज प्रभावित भएका छन् । यसैगरी समाचार पठाउन समेत कठिन भएको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले ईन्टरनेट नहुदा दुई दिनदेखी समाचार पठाउन समेत सकस भएको जानकारी दिनुभयो ।

नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार विहीवार नयाँ बर्षको दिनमै दैलेखको रातालाग्ना देखी कालिकोटको भर्तामा समस्या आएको र त्यस ठाृउँमा नेपाल टेलिकमको टोली पुगिसकेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार दैलेखदेखी माथी ईन्टरनेट सेवा रोकिएको छ । समस्या कहाँ भएकोहो टोली खटिसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्