OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,बैशाख २, २०७९जुम्ला,
५१४ पटक

जुम्ला, वैशाख १ गते । नयाँ बर्षको अवसरमा यहाँको सस्कृति अनुसार तागे संक्रान्तिको रुपमा समेत मनाईने गरिन्छ ।

सोही अनुसार २०७९ सालको अवसरमा जुम्लामा नयाँ बर्षको अवसरमा तागे संक्रान्ति मनाईएको छ । घरघरमा ब्राहमणले तागा र पाति दिएर संक्रान्ति मर्नाइको छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर श्रीमान्को आयू बढाउन अपेक्षा गरिन्छ । ब्राहमणले दिएको धागोको तागा श्रीमान्ले श्रीमतिलाई हस्तान्तरण गर्ने चलन भएको स्थानीय जानकारहरु बताउछन् ।

खस सस्कृतिका जानकार स्थानीय रमानन्द आचार्यले नयाँ बर्षमा मनाईने यो तागे संक्रान्तिमा धागोको ७ वटा गाठा पारेर महिलाहरुले लगाउने चलन रहेको जानकारी दिनुभयो । सप्तरङ्गी धागोले तयार पारिएको तागा लगाउने प्रचलन यहाँको सस्कृति अनुसार हरेक घरका महिलाहरुले यो पर्व विशेष गरी मनाउदै आउने गर्दछन् ।

स्थानीय चन्दननाथ नगरपालिका ४ निवासी शुलोचना हितानका अनुसार हातमा सो तागा लगाई सकेपछि महिलाहरुरुले झोडा गित गाएर आगनमा रमाईलो समेत गर्दछन् । यसैगरी स्थानीय पिठोको पुवा भुटेर खाने चलन समेत रहेको छ ।

यो संस्कार बसन्तको नयाँ ऋतु सँगै तागे सक्रान्ति मनाईने चलनले निकै महत्व राख्दछ । यो पर्व कृषि कर्म सँग समेत सम्विन्धित रहेको छ । परम्परागत सस्कार अनुसार यो पर्व धान रोप्ने प्रचलनमा समेत जोडिएको आचार्यले थप्नुभयो ।

उहाँले नयाँ बर्षको दिनमा मार्सीधानको वेर्ना राखेको खेतमा पुरानो पानी हटाउने, दुई तिन दिन वेर्ना सुकाउने र आर्सो ( स्थानीय मल) हाल्ने र नयाँ पानी हाल्ने चलन रहेको छ । त्यसरी राखिएको बिउँ जेठ १ गते रोप्ने प्रकारले तयार भईरहन्छ ।

मार्सी धान सम्म जोडिएको हुदा यो सस्कार तत्कालिन खस राज्यका राजा बलिराजको पालादेखी तागे सक्रान्ति शुरुवात भएको मान्न सकिन्छ । यसमा महिलाको हातमा लगाएको सप्तरंगी तागा हरेक बर्ष कात्तिक ६ गते निकाल्ने चल्न रहेको छ । तागा निकालेर नदिमा बगाउने चलन रहेको छ । सोही दिन दही चिउरा खाएर मनाईने गरिदै आएको स्थानीयले जनाएका छन् । यसैगरी पछिल्लो समयमा नयाँ बर्षमा नयाँ कपडाका फेर्ने चलन समेत बढेको छ ।

नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने देखी विभिन्न चहल पहल बढ्दै गएको छ । यूवा पुस्तामा भने आधुनिकतामा जोड दिदै आएको देखिन्छ ।

क्याप्सन ः वैशाख १ गते तागे सक्रान्तिमा तागा लगाउदै तस्बिर नेत्र शाही जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्