OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७८जुम्ला,
१५९७ पटक

चैत्त २९ गते, जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि उक्त जिपका सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार जुम्ला सदरमुकाम खलंगा देखि कालिकोटको नाग्म जादै गरेको भे १ ज १२२० नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक तथ्यांक अनुसार १० जना घाईते भनिएपनि उपचार गर्न १२ आएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक चन्द्धका अनुसार गाडि सड्कबाट ५० मिटर तल खसेको छ ।
घाइते हुनेमा हिमा गाउँपालिका ४ का १७ वर्षिया जमुना शाही ,सोही गाउपालिका ७ का ४१ वर्षका विर्ख शाही, तिलागुफा नगरपालिका २ बस्ने ४८ वर्षका रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षकी बेलुकृष्णा बोहोरा रहेका छन । त्यस्तै हिमा १ का १५ वर्षका विवेक शाही, सिजा गाउपालिका ३ का ३१ वर्षका कर बहादुर नेपाली, सोही गाउपालिका २ का ३६ वर्षका जिवनप्रसाद तिवारी रहेका छन ।
त्यस्तै सिँजा गाउँपालिका ३ मा बस्ने ४२ वर्षका मेघ बहादुर सार्की , हिगाउँपालिका ४ का २५ वर्षिया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ । त्यस्तै तिला गाउपालिका ८ का ३० वर्षका धनमल बस्नेत र तिला १ का ५८ वर्षका चाउरे बुढा रहेका छन । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर पुजन रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते १२ जना मध्य ४ जनाको अवस्था अलि गम्भिर र अरु सबै सामन्य अवस्था छन । घाईते एकजनाको ढाड, एक जनाको खुट्टा भाचिएको, एक जनाको कुमको हड्डी र एक जनाको करङ भाचिएको प्रतिष्ठानले जनाएको छ ।

तीब्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा गएको स्थानीयले जानकारी दिएका छन् । घटनाको भएको जानकारी पाउने बित्तिकै तातोपानी गाउँपालिकाले एम्बुलेन्स पठाएको प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

क्याप्सन जीप खसेको स्थान तातोपानी बाबिरा तस्बिर नेपाल प्रहरी

 

 

प्रतिकृया दिनुहोस्