OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०७८जुम्ला,
४२७ पटक

जुम्ला चैत २७ गते । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्ला देखी रारा सम्मको म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्ग बहादुर बुढा प्रथम हुदै उपाधी चुमेका छन् ।

महिला तर्फ पनि जुम्लाकै धाविका शारदा भण्डारी बुढाले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दुरी पार गर्दै प्रथम हुनुभएको छ ।
पुरुषतर्फ द्धित्तिय हुनेमा दलबहादुर बुढा, ५ घण्टा ५ मिनेट ४८ सेकेण्ड, तृतीय बेदबहादुर शाही र चन्द्ररावल र ७ जना पुरुष तर्फ सान्त्वना भएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

उहाँका अनुसार महिला तर्फ दृतीय गणना भण्डारी ४९ किमी दुरी ६ घण्टा ५९ मिनेटमा पार गर्नुभएको छ । तृतीय मन्जु रावत र उमाकली बुढा सहित ७ जना भएका छन् ।
कर्णालीको पर्यटन प्रवद्र्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको ४९ किमी दौडमा भारतका एक जना सहित नेपालका १० जिल्लाका ७७ जना खेलाडीको सहभागिता थियो । जसमा महिला पुरुष तर्फ जुम्लाकै धावक र धाविकाले उपाधि जित्न सफल भएका छन् । म्याराथनको उपाधि जित्ने लगायत टप १० भित्र पर्ने सबै खेलाडीलाई पर्यटकीय स्थल मुगुको रारातालमा आइतबार बिहान पुरस्कार वितरण गरिएको छ ।

म्याराथनको ४९ किमी दौडमा प्रथम हुने दुर्ग बहादुर बुढाले करकटीस सहित नगद एक २३ हजार पाँचसय सहित मेडल,प्रमाण पत्र ट्रफि पाएका छन् । द्धितियले ६२ हजार ५ सय,तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।

त्यस्तै महिलातर्फ पनि प्रथम हुने शारदा भण्डारी बुढाले नगद एक २३ हजार पाँचसय मेडल, प्रमाणपत्र ट्रफि पाएका पाउनु भएको छ । द्धितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार बितरण गरिएको छ ।

रारामा मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, बरिष्ठ धावकहरु वैकुण्ठ मानन्धर, हरिबहादुर रोकाया, कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमाल, नेपाल राष्ट्यि खेलकुद परिषदका एथलेटिक्स प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, हुम्ला जुम्ला गाडि कहिले पुग्छका गायकार बुद्धिमान तामाङ सहितले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

यसैगरी जुम्ला–रारा अल्टा म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय हुनु भएको छ ।

पाँच किलोमिटरमा महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको कर्णाली स्पोट्र्स क्लबका शाहीले बताउनुभयो । यसैगरी खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।उहाँहरूलाई शनिवार बिहानै मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार वितरण गर्नु भएको थियो । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ । १६ वर्षमुनिको खेलमा १५६ जना खेलाडी सहभागी भएका थिए ।

ओपन ५ किमी दौडमा २ सय बढी खेलाडीले भाग लिएका थिए । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा भारत सहित नेपालका १० जिल्ला र जुम्लाका गरी झन्डै ४ सयबढी खेलाडी सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्