OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २६, २०७८जुम्ला,
५६३ पटक

चैत २६ गते, जुम्ला देखी मुगुको रारा सम्मको म्याराथुन दौड प्रतियोगिता शुरु भएको छ ।
५९ किलोमिटरको उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गर्नुभएको छ । जिरो विन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु भएको दौड प्रतियोगितामा बालवालिका देखी ज्येष्ठ नागरिक करिब चारसय खेलाडी सहभागी भएका छन् ।यसमा राराका लागि ७७ खेलाडी सहभागी छन् ।

किर्तिमानी म्याराथुन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथुन दौड प्रतियोगिता शुरु गरिएको छ । जुम्ला देखी रारा दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडीहरु र भारतका समेत खेलाडी जुम्ला पुगेर प्रतियोगितामा भाग लिएका छन् । आयोजक कर्णाली स्पोर्ट क्लवका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनमा संसारलाई चिनाउने गरेको र अझै चम्काउन कर्णाली प्रदेश सरकारले काम गर्ने बताउनुभयो । म्याराथुन प्रतियोगिताको उद्धाटन गर्दै मुख्यमन्त्री शाहीले प्रतियोगिताले हरिबहादुर रोकायालाई सम्मान पनि गर्न चाहेको मुख्यमन्त्री शाहीले जोड दिनुभयो । उहाँले वैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गर्नुभयो । आज विश्वमा रेकर्ड राख्ने कर्णालीले क्षमता राख्नुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाईछ । मुख्य मन्त्री शाहीले यो खेलप्रतियोगिता गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जुम्लाको सदरमुकाम खलंगा देखी मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख २५ हजार राशीको पुरस्कार रहेको आयोजकले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्