OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, चैत्र २४, २०७८जुम्ला,
८७३ पटक

चैत २४ गते, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको “बँैक खाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रममा जुम्लाका दुई हजार दुईसय हजार दुईसय ६५ जना छोरी समेटीएका छन् ।
२०७६ साल साउन १ गते भन्दा पछि जन्मिएका जुम्लाका छोरीहरुको वैंक खाता समेटिएको जानकारी प्राप्त भएको छ । सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईका अनुसार बालबिवाह न्युनिकरण गर्न, छोरीलाई उच्च शिक्षाको पहुजमा पु¥यान, आर्थिक, समाजिक, स्वास्थ्य लगायत चौतर्फि बिकास गर्न कर्णाली प्रदेश सरकारले यो कार्यक्रमा लागु गरिएको थियो ।

जुम्लाका आठै वटा स्थानिय तहले बैक खाता छोरीको सुरक्षा जिवन भरिको कार्यक्रम लागु गरेका छन् । कार्यालय प्रमुख चौलागाईका अनुसार २०७६ भन्दा पछि जन्मिएका छोरीहरु मध्य कनकासुन्दरीका २ सय ३५, हिँमाका २ सय २, तातोपानीका ३ सय १८, गोठीचौरको २ सय २२ जना , तिलामा ३ सय ३५ जना, चन्दननाथको २ सय ९३ जना र पातारासीको २ सय ४५ जनाको भने बँैक खाता छोरीको सुरक्षा जिवन भरिको कार्यक्रममा समेटिएको सामाजिक बिकास कार्यालयले सञ्चालन गरेको बँैक खाता छोरीको सुरक्षा जिवन भरिको दुई दिने समिक्षा तथा अधिमुखिकरण कार्यक्रमका उपस्थित स्थानिय तहका सूचना अधिकृतहरुले बताएका छन् । यसैगरी सिञ्जा गाउँपालिकामा ४ सय १५ जना छोरीको वैंक खातामा जम्मा भएको हो ।

जिल्लाको एक कार्यक्रममा स्थानीय तहका सूचना अधिकृतहरुले यस्तो तथ्याक सार्वजनिक गरेका छन् । समिक्षा तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै समाजिक बिकास कार्यालय जुम्लाका कार्यलय प्रमुख चौलागाईले तेस्रो पटक यो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कर्णालीको लागी यो गौरबको कार्यक्रम भएकाले ७६ साल भन्दा पछि जन्मीएका छोरीहरुको बाबु आमाले जन्मेको ४५ दिन भित्र आबश्यक कागजात पुरा गरि बैक खाता खोल्नुपर्नेमा पुन जोड दिईएको छ । कार्यक्रममा नयाँ सप्टवेयर समेत सिकाईएको कार्यालयले जानकारी दिएको छ ।

उहाँका अनुसार एउटा दम्पतिको दुईजना छोरीले मात्र यो कार्यक्रमा समावेश हुन पाउने प्रावधान रहेको उहाँको भनाई छ । यस्तै २० बर्ष नपुग्दै विवाह गरेमा सेवा सुविधा नपाउने प्रावधान रहेको छ ।
सुरुमा एक हजार र मासिक ५ सयका दुरले २० बर्ष सम्म छोरीको खातामा जम्मा रु एक लाख २० हजार रकम जम्मा हुने भएकाले पछि गएर छोरीहरुको उच्च शिक्षा आर्जनमा केहिरुपमा सहज हुने यो कर्णालीको लोकप्रिय कार्यक्रम हो ।

बस्तिस्तरबाट नै केही नछुटिने र कोहि नदोहारीने तरिकाले स्थानिय तहका महिला तथा वालवालिका क्षेत्रमा कार्यरत सम्पर्क व्यक्तिले जानकारी गराएका छन् । सिञ्जा गाउँपालिका सहायक महिला निरीक्षक बसना बुढाका अनुसार यो कार्यक्रमले वालविावह न्यूनिकरण तथा समयमै जन्मदर्ता सहितका कार्यक्रममा जोड दिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्