OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २२, २०७८जुम्ला,
९०३ पटक

कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन) लामाले कर्णालीमा अव पर्यटन विकासको सम्भावानाको खोजी गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले लामो समय पछि पर्यटन ऐनले कर्णालीमा पर्यटन क्षेत्रको सम्भावनाका ढोका खुलेको समेत बताउनुभयो ।

उहाँले यसका लागी निजी क्षेत्र, सरकार र संचारमाध्यामको सहकार्य समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो । समृद्ध कर्णालीको वहशमा कर्णालीमा प्राकृतिक पर्यटन र कर्णालीको परिवेश सत्रको वहशमा मन्त्री लामाले निजी क्षेत्रलाई प्रवर्धनका कार्यक्रम आवश्यक छ तर डलर देखेपछि सेवा गर्नबाट कर्णाली छोडिदिने नगर्न आग्रह गर्नुभयो । आजभोली जहाँज सवै पूर्वमा गएकाले कर्णालीमा असहज भएको गुनासो गर्नुभयो ।

मन्त्री लामाले सरकारको हित विपरित अप्ठ्यारो पार्ने निजी क्षेत्रले नभई सम्भावनामा जोड दिनुभयो । कर्णालीका महत्वपूर्ण क्षेत्रमा पर्यटन भित्र्याउने योजनमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन वोर्डका सिओ डाक्टर धनन्जय रेग्मीले कर्णालीमा चाडै पर्यटन वोर्डको शाखा खोल्न आवश्यक रहेको भन्दै कर्णाली पर्यटन क्षेत्रमा भर्जिन क्षेत्र रहेकोमा प्रवर्धन गरिनुपर्ने बताउनुभयो । उहाँले कर्णाली क्षेत्रमा पर्यटन विकास राम्रो गर्न सरकारले विशेष निति आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले एकै पटक विकास नहुने तर भएको विकास वाड्ने चलन हटाउनु पर्ने बताउदै पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कर्णाली प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले गोठिकाडाको वयालकाँडामा प्याराग्लाईडिङ शुरु गरेपनि प्रवर्धन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समग्र कर्णालीकै निजी क्षेत्रमा लगानी गर्ने बातावरण र निति आवश्यक भएकोमा जोड दिनुभयो ।

कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णाली सरकारले पर्यटन क्षेत्रमा राज्यले कर्णालीलाई दुई आखाले हेर्ने दोस्रो आखाबाट हेरिदिन अनुरोध गर्नुभयो । उहाँले चैत प्रदेश पर्यटन ऐन पास गरेको ठूलो उपलब्धी भएकोमा जोड दिनुभयो ।

एक जिल्ला एक पर्यटन उपज ठूला कार्यक्रम रहेको बताउनुभयो । सुर्खेतमा काक्रेविहार प्रर्वधन सहित ३ मेघा प्रोजेक्ट रहेको जानकारी दिनुभयो । रारातालमा साईकल लेन सहित कान्जिरोवामा पर्यटकहरु आरोहण गराउने योजना रहेकोमा जोड दिनुभयो ।

कर्णाली सरकारले पर्यटनको समृद्धिका लागि पाँच (प) लाई ध्यान दिईएको छ । पहुच, प्रचार, प्रर्वधन, पुर्वाधार र पर्यावरण संरक्षणलाई जोड दिईएको बताउनुभयो । दोभान मल्टिमिडियाले आयोजना गरेको कर्णाली समृद्धिका ५ बर्ष ः प्राकृतिक पर्यटन र कर्णालीको परिवेश सत्र सुर्खेतको गोठिकाँडाको वयालकाँडामा संचालन गरिएको थियो । वहशमा सफल व्यवसायी सिद्धार्थ होटलका संचालक निरक केसी सहित केही सफल पर्यटन व्यवासायीहरु सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिकृया दिनुहोस्