OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०७८सुर्खेत
५१९ पटक

२० चैत २०७८, आइतबार

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आजबाट आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आजबाट शुरु भएको बहसको पहिलो सत्रमा भाग लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले केन्द्रिय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको आरोप लगाउनुभयो ।

यहाँको अपेक्षित विकास नहुनुमा केन्द्र सरकारकै कमजोरी रहेको तर्क गर्नुभएका उहाँले यो प्रदेशको विकासमा कर्णालीबासी स्वयंले गरिब मानसिकता त्याग्नुपर्नेमा जोड दिनुभयो । नेपालको सबैभन्दा दुर्गम, विकट र प्राकृतिक स्रोतको अथाह सम्भावना भएको कर्णालीको विकासका लागि बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्रीका हैसियतले कर्णालीमा हुने सबैखाले जिम्मेवारी आफैले लिन रहेको जनाउँदै उहाँले कर्णाली गरिब नभएर मानसिकता गरिबी भएको जिकिर गर्नुभयो । उहाँले समयको महत्व नबुुझेर पनि विकासमा पछि परेको तर्क गर्नुभयो । विश्वका विकसित देशहरु समयको मूल्य बुझेर आजको अवस्थामा आइपुगेको उहाँको भनाई थियो ।

“समयले पर्खेर बस्दैन । देश निर्माणका लागि एक सेकेन्ड पनि खेर नफालौं,” उहाँले भन्नुभयो, “कुरा भन्दा बढी काम गरौं । मष्तिष्क बदलौं । सबैले आफ्नो जिम्मेवारी एवं दायित्व पुरा गरौं । त्यसपछि कर्णाली लिने होइन, दिने अवस्थामा पुग्छ ।”

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघ÷संस्थाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम पहिलो सत्रको सहजीकरण पत्रकार विष्णु विवेकले गर्नुभएको थियो । कार्यक्रम तीनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्