OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १८, २०७८सुर्खेत
२०७ पटक

१८ चैत २०७८ शुक्रबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णालीमा स्रोतको केन्द्रिकरण हुनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक सर्वेक्षण २०७८÷०७९ को तयारी सम्बन्धी प्रदेशस्तरीय अन्तरिक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले आगामी दिनमा प्रदेश सरकारमार्फत आर्थिक सर्वेक्षणको तथ्याङ्क संघमा पठाइने बताउनुभयो । “हाल वास्तविक आर्थिक सर्वेक्षण र स्रोत परिचालन नहुदा समस्या छ,” उहाँले भन्नुभयो, “अब प्रदेश सरकारले समयमै तथ्याङ्क पठाउने र संघीय सरकारले त्यसमा स्रोतसमेत परिचालन गर्नुपर्ने कुरामा अभ्यास गर्छौं ।”

मन्त्री विष्टले सर्वेक्षणकै जगमा योजना निर्माण गरेर अघि वढ्न अर्थ मन्त्रालयसंग अनुरोध समेत गरेका छन । प्रदेश सरकार नयाँ बजेट निर्माणको तयारीमा रहेको उल्लेख गर्दै वास्तविक आर्थिक सर्वेक्षण अनुरुपको स्रोत व्यवस्थापन नै प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुुस्करले संघीय सरकारले कर्णालीलाई संवेदनशीलताका साथ हेरेको बताउनुभयो । प्रदेशको तुलनामा कर्णाली संवेदनशील रहेकोले वास्तविक लगानी आवश्यक रहेको जनाउँदै संघीय सरकारले कर्णालीको आर्थिक सर्वेक्षणको आधिकारिक तथ्याङ्कको आधारमा लगानी केन्द्रीत गर्ने उनको भनाई छ ।

कर्णालीमा काम गर्ने कर्मचारीलाईसमेत आर्थिक सर्वेक्षणलाई संवेदनशीलताका साथ संघमा पठाउन समेत सचिव पुस्करले आग्रह गर्नुभयो । आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्ने संघीय सरकारको योजना रहेको उहाँले जनाउनुभयो ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले गत वर्ष कर्णालीमा कोभिड महामारी र विपद् लगायतकाका क्षेत्रमा आर्थिक स्रोत परिचालन भएको बताउनुभयो । हालसम्म आर्थिक सर्वेक्षणको आधिकारीक तथ्याङ्क नराखिदा स्रोत परिचालनमा समस्या उत्पन्न हुने गरेको बताउदै उहाँले आगामी दिनमा आधिकारिक तथ्याङक आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्