OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०७८जुम्ला,
३२० पटक

चैत १७ गते, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ हेर्न आएको बताउनु भयो । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा गरिएको जनसभा कार्यक्रममा अध्यक्ष ओलीले सिञ्जाको विकास गर्न आफु लागि पर्ने बताउनुभयो ।

पुर्वप्रधानमन्त्री ओलीले जुम्ला खस भाषा,संस्कृति र सभ्यताको धनि ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थिती अनुसार गर्न सक्ने बनाउनु पर्नेमा जोड दिदै केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी लिने प्रतिवद्धता जनाउनुभयो । ढुक्क हुनुहोस र सिँजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौ । उहाँको भनाई छ ।

एमाले अध्यक्ष ओलीले कर्णालीमा मानसरोवर,कैलाश पर्वत, राराताल,कनकासुन्दरी,त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामल नेपालको ओरजिनल ब्राण्ड भएको बताउनुभयो । अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सीचामल र सिमीको भात खाए । उनले भने,‘पहिले एक पटक मार्सीचामल खाएको थिए । निकै चर्चा चुल्यो । अहिले त झन सिँजामै पुगेर मार्सी चामल र हिमा नदीको माछा खादा खुशी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सिँजाका तीन स्थानीयतहमा झण्डै ६० हजार जनसंख्या छ । यहाँका बालबालिकाले राम्रो संग अध्ययन गर्ने विद्यालय छैन । राम्रो उपचारको व्यवस्था छैन ।
जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती शुरु भइसकेको समेत आरोप लगाएका छन् । उहाँले ‘यो म्यादी सरकार हो । दिनगन्ती शुरु भइसकेको छ ।

जनसभामा स्थानीय नेताहरुले कर्णालीको विकासमा जोड दिन पूर्वप्रधानमन्त्री ओलीलाई सूझाव सहित अनुरोध गरेका छन् ।

अध्यक्ष ओलीले जुम्ला आउनुअघि दैलेखको दुल्लुको अवलोकन गरेका थिए । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उनले जुम्लामा संवोधन गरेर कालिकोटमा आयोजित जनसभामा संवोधन प्रस्थान गरेका छन । ओली हेलिकप्टरबाट जुम्ला, कालिकोट हुदै फर्किनु भएको छ ।

क्याप्सन :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सिञ्जाको नराकोटमा सम्वोधन गर्दै तस्बिर ,जुम्ला ।

प्रतिकृया दिनुहोस्