OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र १७, २०७८जुम्ला,
३२९ पटक

जुम्ला .  कानून, योजना, रणनीति, प्रतिबद्धता लगायत सबै कुरा भए पनि कर्णालीको मुहार अझै पनी फेरीएको छैन । विकास र समृद्धिको यात्रामा फड्को मार्न नसक्नुको कारण आधारभूत र क्षमता जन्य कमजोरी जस्ता सीमितता रहेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री रोकायाले त्यसैले ठूला बहुबर्षिय योजनामा जोडदिनुपर्ने बताउनु भयो । कर्णालीको बिकासको बाधक टुक्रे योजना भएकाले जुनसुकै व्यक्ति, परिवार, समुदाय भएपनि देशको समृद्धिको लागी दिर्गकालिन योजना आबश्यक रहको छ ।

उहाँले जुम्लाका तिन ठूला सड्क बहुबर्षिय योजनामा परेका बताउदै जुम्ला, उर्थु र भुलभुले हुदै रारा जाने सड्क, जुम्ला सदरमुकाम छालाचौर– सिञ्जा जोड्ने सड्क र कुडारी– ताम्ति जाजरकोट प्रथामिकतामा परेको जोड दिनुभयो ।

मन्त्री रोकयाले खुसी नेपाल र समृद्ध नेपालीको चाहना पुरागर्नका लागी नारा भयर मात्रै केही हुदैन । दिगोबिकासको लागी सबैले सोच्न आबश्यक छ । जुम्ला लागायत समग्र कर्णाली बिकासको लागी पत्रकारले कडारुपमा कलम चलाउन पत्रकारहरुलाई अनुरोध गर्नुभयो । जसले कर्णालीको आर्थिक र सामाजिक विकासका लागि पर्याप्त अवसर हुन सक्छ । एक दुईलाख जस्ता टुक्रे योजनाले उपभोक्ता समिति पालिने तर बिकास दिगो नहुने समस्या छ । यसको अन्त्य गर्नका लागी कर्णाली प्रदेश सरकार लागी परेको बताउनुभयो ।

उहाँले कर्णालीमा बहुबर्षिय योजनामा जोड दिने बताउनुभयो । जुम्ला निवासी मन्त्री रोकायाले आफु जुम्लाको भएपनि सवै जिल्लालाई प्रथामिकताका आधारमा बहुबर्षिय योजनामा जोड दिने प्रतिवद्धता दिनुभयो ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया जुम्लामा संञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुदै जुम्लाका विभिन्न स्थानमा एकसाता देखी कार्यक्रम अनुगमन गरिएको बताउनुभयो । उहाँले नाग्म गमगडि राजमार्गका लागि पटक पटक केन्द्रमा पहल भईरहेकोमा जोड दिनुभयो ।

 

मन्त्री रोकायाले म जुम्ला बासी भएका नाताले यस अघि अधुरा रहका बिकास निमार्णको काम गर्ने बताए । उनले भने ,यस अघि हरेका क्षेत्र नाताबाद र कृतबादले गर्दा विकास आयोजना कार्यान्वयन फितलो रहेको बताए । उनले थपे,“कर्णालीका प्रविधिक जनशत्ती कमीका कारण बिकास निमार्णमा ढिलासुस्ती भएको बताउनुभयो ।

उनले आफ्नो कार्यकालमा नागमा गमगडी राजमार्गलाई प्रथामिकता साथ अगाडी बढाइने बताए । खानेपानी, सिँचाइ जस्ता बहुवर्षिय योजना कार्यान्वयन हुने दाबी गरे । उहाँले नाग्म देखि गोठीजूला सम्म एक वर्षमा सडक पीच हुने भएको छ । यस्तै सिंजा भेग उज्यालो गर्नका लागि राष्ट्यि प्रसारण लाइन जडान गर्नुका साथै साना लद्यु जलविद्युत आयोजनाको निर्माण कार्य पनि थालनी गरिनेमा जोड दिनुभयो ।

पत्रकार भेटघाटमा पत्रकारहरुले कर्णालीमा दिगो कार्यक्रम ल्याउन सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले संचार क्षेत्रको भौतिक पूर्वाधारमा जोड दिन अनुरोध गर्नुभयो । उहाँले पत्रकारहरुको संख्या बृद्धि भएको र सूचना केन्द्रको रुपमा विकास गर्नुपर्ने भएकाले पत्रकार महासंघ जुम्लाको भवन विस्तारमा सहयोग गर्न अनुरोध गर्नुभयो । पत्रकारहरुले तत्कालिन समयमा जिल्लाका अधुरा भवनहरु पुरा गर्ने कार्यक्रम, घरवास नभएका विपन्नको घर बनाईदिने बिषयमा सहयोग गर्न सूझाव दिएका छन् ।

क्याप्सन ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रोकाया : पत्रकार सम्मेलनमा तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्