OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १३, २०७८
७२० पटक

१३ चैत २०७८, सोमबार

कर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले छात्रवृति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता विष्टका अनुसार स्वीकृत कार्यविधिअन्तरगत प्राविधिक छोरी बुहारी, चिकित्सा, ईञ्जिनियरिङ्, कृषि, भेटेनरी, उच्च शिक्षा छात्रवृति उपलब्ध गराइनेछ । त्यस्तै, उच्च शिक्षा अपाङ्ग, दलित, जेहन्दार, जनआन्दोलन तथा जनयुद्ध शहीदका सन्तति, सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृति प्रदान गरिने उहाँले बताउनुभयो । आधारभूत तथा माध्यमिक शिक्षामा गरिब तथा जेहेन्दार छात्रवृतिका लागि नीजि साझेदारी कार्यक्रम गर्ने बताइएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले ‘मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक कर्णाली प्रदेशसभामा पेश गर्न स्वकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता विष्टले बताउनुभयो । उहाँका अनुसार कर्णाली उत्सव “कुडा कर्णालीका” (तेस्रो संस्करण) कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्