OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७८काठमाडौं
७४५ पटक

६ चैत २०७८ आइतबार

एजेन्सी: आर्थिक अभावको चपेटामा परेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ।

श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको अलजजिरा जनाएको छ। पैसा अभावले त्यहाका ४५ लाख विद्यार्थीकाे परीक्षा दिनबाट बञ्चित भएका छन् ।

शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ। सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ।

श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थियाे। तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्