OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७८सुर्खेत
६२३ पटक

११ फागुन २०७८, बुधबार

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला सरकारी कार्यालयका प्रमुखहरुलाई अनुमति लिएर मात्र जिल्ला छोड्न निर्देशन गर्नुभएको छ । मंगलबार उहाँले जिल्ला छाड्नुपरे अनिर्वायरुपमा अनुमति लिनुपर्ने निर्णय गर्नुभएको छ ।

कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो । हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरुसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले कार्यालय प्रमुखहरुले जिल्ला छोड्दा अनविार्यरुपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गर्नुभएको हो । निर्वाचन समयमा नजिकिदै आएकोले कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरुपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरुपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी परियारले जनाउनुभयो । प्रजिअ परियार सोमबार हुम्ला पुग्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्