OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०७८सुर्खेत
५३३ पटक

५ फागुन २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले आज भेरीगंगा नगरपालिका सुर्खेतस्थित आयोजनाको मुहान चिप्लेमा अनुगमन गर्नुभएको हो । अवलोकनको क्रममा उहाँले आयोजनाको कार्य अवस्था अहिलेसम्म सन्तुष्टि रहेको र निर्धारित समयमै पुरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाले यहाँको अर्थतन्त्र निर्माणमा ठूलो सहयोग पुर्याउने उहाँले जनाउनुभयो ।

“तपाईहरुले गर्नुभएको काम कदरयोग्य छ,” प्रदेश प्रमुख परियारले भन्नुभयो, “यो आयोजनाको निर्माणले सिंगो मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।” बिगतमा आयोजनाको सुरुङ पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी तोकिएको समय अवधि भन्दा अघि नै काम सम्पन्न भएकोले अब पनि आफ्नो लक्ष्य पुरा गर्ने उहाँको भनाई थियो ।

आयोजनाका प्रमुख हरिनारायण यादवले कोभिड–१९ को महामारीले आयोजनाको काममा अवरोध पुर्याएको बताउनुभयो । हाल भारत र इजरायलबाट दक्ष जनशक्ति ल्याएर द्रुत गतिमा काम अगाडि बढाईएको आयोजना प्रमुख यादवले जनाउनुभयो । “हामी आगामी आव.०७९÷०८० भित्रै आयोजनाको सम्पूर्ण काम काम सम्पन्न गर्छौं,” उहाँले भन्नुभयो, “अब भने जस्तो सुकै परिस्थितिमा पनि आयोजनाको काम निरन्तर बढाउँछौं ।

आयोजना शुरु भएबाट बाटो नभएको ठाउँमा बाटो, नदीहरुमा तटबन्ध निर्माण, विद्यालयमा तारवार लगाउने र खानेपानीका संरचना बनाउने कामले यहाँ स्थानीयहरुलाई लाभ पुगेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्