OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लाका सवै तहमा प्रधानमन्त्री स्याउ सुपरजोन कार्यक्रम, प्रदेश (ख) मा पनि लागु हुने

प्रदेश (ख) मा कार्यक्रम स्विकृतिका लागि पुग्यो खुमलाटरको पत्र

नेत्र शाही,फागुन ५, २०७८जुम्ला,
३५० पटक

फागुन ४ गते, प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको ५ बर्ष पछि सिञ्जा क्षेत्रमा सुपरजोन कार्यक्रम लागु हुने भएको छ ।

प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले पत्र प्राप्त भएको जानकारी गरेको छ । निमित्त बरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार पहिले चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठिचौर र पातारासीमा संचालन भईरहेको थियो । अव सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा कार्यक्रम लागु हुने भएको छ ।

उहाँका अनुसार बिस्तार गर्न वाँकी वडा पातारासीका १,२,३ र गुठिचौरका १ र २ वडामा लागु हुनका लागि पत्र प्राप्त भएको छ । उहाँले धेरै बर्ष प्रयास गर्दा गर्दै बल्ल पत्र प्राप्त भएकाले अव प्रदेश (ख) का चार स्थानीय तहमा कार्यक्रम लागु गर्ने कानूनी बाटो खुलेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुकिकरण परियाजना कार्यान्वयन ईकाई खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र वुधवार जुम्ला पुगेको छ । खुमलटारले पठाएको पत्रानुसार जुम्ला जिल्लामा संचालित स्याउ सुपरजोन क्षेत्र बिस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिस अनुसार परियोजना व्यवस्थापन इकाईको निर्णय अनुसार स्याउ सुपरजोन थप क्षेत्रहरु थप गरिएका हुन् ।

परियाजना कार्यान्वयन ईकाई खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरी सहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको बताउनुभयो । उहाँले ढिला निर्णय भएकाले कार्यक्रम भने केही क्रियाकलाप काहेक अर्को आर्थिक बर्षबाट पूर्ण रुपमा कार्यक्रम लागु हुनेमा जोड दिनुभयो ।
परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक,व्यवसायिक, दिगो एवं आत्म निर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोही अनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन ईकाइ स्थापना गरि काम भईरहेको कार्यालयले जनाएको छ ।

यसैगरी परियोजनाले प्रमुख कृषि क्षेत्रहरुको बिशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्याात योग्य कृषि बस्तुहरुको मुल्य अभिबृद्धि गर्दै प्रतिष्पर्धात्मक बजारमा लैजाने उद्देश्य अनुसार सुपरजोन कार्यक्रमले लागु भएका क्षेत्रका किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने काम गर्दै आएको छ ।

सुपरजोन कार्यालय प्रमुख निमित्त बरिष्ठ कृषि विकास अधिकृत पोख्रेलले स्याउ सँगै आर्थिक समृद्धि जोडिएको जुम्लामा परियोजनाले बृस्तृत अध्ययन गरेर पिछडिएको सिञ्जा क्षेत्रमा अव कार्यक्रम लागु गर्न पहल गर्ने जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समिति, परियोजना निर्देशनालय खुमलटार, सुपरजोन संचालन समिति, जिल्ला स्थित सरोकारवालाहरु, सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागु समेत गरिएको छ । सिमीको उत्पादन बृद्धि तथा बजारीकरणका लागि कार्यक्रम वडा नम्बर १ र २ मा कार्यक्रम लागु गरिएको हो । सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाईटेक नर्सरी, घेरवार, सिचाई, विरुवा अनुदान लगायतका कामहरु भईरहेका छन् ।

राज्यको लगानीमा संचालित परियोजनामा भने प्रयाप्त जनशक्ति नहुनु, बजेट पनि बास्तविक ब्यवायीकरणका लागि अपुग हुने गरेको किसान अगुवाको गुनासो छ । सिञ्जा क्षेत्रका किसान गोपाल रोकायाले सुपरजोन परियोजनामा प्राप्त बजेट र जनशक्ति हुनु आवश्यक रहेको र सरकारले प्रथामिकता दिनुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्