OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २५, २०७८सुर्खेत
५०९ पटक

२५ माघ २०७८, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपा पूर्वअध्यक्ष थापाले पाटीबाट अलग भएको घोषणा गर्नुभएको हो । मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित हुनुभएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै आउनुभएको थियो । उक्त हस्तक्षेपबारे छानबिन गरी त्यसको भत्र्सना र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने उहाँको माग थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले राखेको मागबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिङ्देनले शनिबार भने उहाँलाई भेटेर संवाद गर्नुभएको थियो । पूर्व अध्यक्षले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत उनले दाबी लिङ्देनको थियो ।

स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा राखेका थापाले म‌ङ्गलबार आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडामा पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

उहाँले पत्रकारहरुसँग कुरा गर्दै ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु भन्नुभयो।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अत्यन्तै भारी मन र पीडा बोध गरेर पार्टीबाट अलग भएको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्