OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लामा भारी हिमपात : जनजीवन प्रभावित (फोटो फिचर)

डोजरले हिउँ पञ्छाएर नाग्म गमगडि राजमार्ग खुलाईयो

नेत्र शाही माघ २१, २०७८ जुम्ला,
५९८ पटक

माघ २१ गते । जुम्लामा दोस्रो पटक भारी हिउँ परेको छ । हिमपातले मध्यरातिदेखी सड्क, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्ठकर भएको हो ।
मध्यरातिबाट लागातार आएको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै जुम्लाबाट उडान हुने हवाई यातायात समेत बन्द भएका छन् । हिमपातले कर्णाली राजमार्गमा थन्किएका गाडिहरु थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा हिमपात करिब एक फिट बढि आएपछि सड्क अवरुद्ध भएको छ् ।

हिमपातले मध्यराति देखी बिजुली अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बिजुली र ईन्टरनेका तार समेत चुटिएका छन् । हिमपातले स्थानीय तहमा रहेका एम्बुलेन्स समेत थन्किएका छन् । बसपार्क क्षेत्रमा गाडि, अटो र मोटरसाईकल समेत राजमार्गमा हिड्न सकेका छैनन् ।

हिउँ पञ्छाउदै सड्क खुलाउदै :

सड्कमा हिउँले ढोकेपछि स्थानीय प्रशासनले डोजरले हिउँ पञ्छाएर नाग्म गमगडि खण्ड गाडि सुचारु गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, सुरक्षा निकाय सहितको टोलीली कर्णाली राजमार्गको खलाचौर र ऐरेनीमा हिउँ पञ्छाईएको र वाँकी हिउँ डोजरले पञ्छाउदै नाग्म सम्म अगाडि बढेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्वले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा रहेका दर्जनौ गाडि डोजर लगाएर उद्धार गरिएको छ ।

अझैपनि हिउँ परिरहेको हुदा केही गाडिहरु विचैमा अड्किएका प्रहरीले जनाएको छ । तातोपानी क्षेत्रमा हिउँमा फसेका गाडि उद्धार गर्न नेपाली सेना, शशस्त्र सहितको एक टोली त्यस क्षेत्रतिर लागेको गणपति रविन थापाले जानकारी दिनुभयो । यसैगरी नेपाली सेनाले चन्दननाथ मन्दिरमा परेको भारी हिउँ समेत सफाई गरेको छ । हिउँ पञ्छाउन डिभिजन सड्क जुम्लाले डाजर सहित प्राविधिक  सहितकाे टाेली खटाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईका अनुसार अस्पताल क्षेत्रमा जाने सड्क क्षेत्रमा समेत हिउँ पञ्छाएको छ । लगातार हिउँ आएको हुदा झन झन हिउँ जमिरहेको छ ।
भारी हिमपातले विहानै देखी मानिसहरु घरभित्रै थन्किएका छन भने पशुचौपाया पनि गोठभित्रै थन्किएका छन् । हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ ।

जुम्ला विमानस्थलमा भने भारी हिउँ परेकाले हिउँ पञ्छाउन सकिएको छैन् । यद्यपी हिउँ आएर हिउदे वालीमा भने राम्रो हुने किसानले बताएका छन् । हिमपातले चिसो समेत बढेको छ । जलतथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माईनस एक दशमलम शुन्य र अधिकतम तापक्रम २.२ रहेको छ ।

प्रतिकृया दिनुहोस्