OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०७८सुर्खेत
५५० पटक

२१ माघ २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारले आइतबारसम्म पूर्णता पाउने पक्का भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब प्रदेश सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ ।

सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसकेपनि अब तीनभित्र सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले रजानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ ।”

मुख्यमन्त्री शाहीले सामाजिक सञ्जाल फेसबुकमा समेत स्ट्याटस पोष्ट गर्दै लेख्नुभएको छ, “बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनु हुनेछ महोदयहरु !” सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा सोधिएका प्रश्नको जवाफ पनि दिने उहाँले बताउनुभयो ।

कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, काँग्रेसका छ र समाजवादीका तीन प्रदेशसभा सदस्य छन् । जसमा माओवादीले चार, काँग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले तीन मन्त्री पाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ ।

ठूलो दल, राजनीतिक इमान्दारिता, आपसी सहमति र विशेष कुर्वानी गरेको आधारमा सबैले आफ्नो माग पुरा हुनुपर्ने प्रस्ताव गर्दा १० मन्त्री बनाउनुपर्ने हुन्छ तर कर्णाली प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ । यसको अर्को विकल्प छैन ।

सरकारमा भने नेकपा माओवादीका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र गैरसंसद कार्चेन लामा, एकीकृत समाजवादीका प्रदेशसभा सदस्य पदमबहादुर रोकाय र नेपाली काग्रेसबाट प्रदेशसभा सदस्य हिमबहादुर शाही र निवर्तमान सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री मन्त्री हुने जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्