

१८ माघ २०७८, मंगलबार
कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेख जिल्ला निवासी गणेशप्रसाद कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।
समाजको भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट कोइराला सर्वसम्मत अध्यक्ष बन्नुभएको हो । जसको वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत, उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), सल्यानका आनन्द थापा र मुगुका लक्ष्मण दाहाल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम), सह–कोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
समाजको कार्य समिति सदस्यहरुमा क्रमशः हरिभक्त ओली (सल्यान), प्रेम विसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), वीरेन्द्र गिरी (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ति आचार्य (दैलेख्र), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईं (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दिपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा) चयन भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ । २६ सदस्यीय नयाँ कार्यसमितिको पदावधि ३ वर्ष हुनेछ ।