OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७८काठमाडौं
३३३ पटक

१२ माघ २०७८, बुधबार

(एजेन्सी): अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् ।

रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो ।

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ ।’​ युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो । पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए ।

प्रतिकृया दिनुहोस्