OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०७८सुर्खेत :
६०४ पटक

सुर्खेत : थाइल्यान्ड हालै सम्पन्न एसियन अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागत तथा सम्मान गरेको छ । ११० किलोमिटर लामो दौड जितेकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा स्वागत गरेका हुन् ।

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर पुगेकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताए । उनले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्