OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७८सुर्खेत
७६० पटक

१९ पुस २०७८, सोमबार

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।

माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्यआठ जिल्लाबाट केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टिका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो ।

आठौं महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु र दैलेखलाई भने केन्द्रीय सदस्यविहिन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनित केन्द्रीय सदस्य लिने बताउनुभयो । उहाँका अनुसार मुगुका नेता मंगल शाही केन्द्रीय सदस्यमा मनोनित हुने देखिएको छ ।

माओवादी केन्द्रले दैलेखलाई पनि केन्द्रीय सदस्य दिने बताईएको छ । स्रोतका अनुसार कर्णबहादुर बस्नेत केन्द्रीय सदस्य बन्दै छन् । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य संख्या सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्