OnlinePana

आज : २०८१ चैत्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २५, २०७८
९५३ पटक

२५ मंसिर २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ शुरु हुँदैछ । केन्द्रको सम्मेलन कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा केही बेरमा शुरु हुँदैछ ।

‘प्रथम कर्णाली प्रदेश सम्मेलन’मा प्रदेशभरका ७१८ पालिका हुँदै कर्णालीका १० जिल्ला ७९ स्थानीय तहबाट करिब एक हजार १०० प्रदेश प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन्। उक्त सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुने नेकपा माओवादी केन्द्रका सचिव रामदीप आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सम्मेलनमा नेकपा माओवादीका संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), कर्णाली प्रदेश ईञ्चार्ज शक्ति बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्यलगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्