OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २३, २०७८सुर्खेत
३३८ पटक

२३ मंसिर २०७८, बिहीबार

सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चुनिनुभएको छ । उक्त समूहको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो ।

समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चुनिएका छन् । त्यसैगरी, सदस्यहरुमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगर चुनिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

नवगठित कार्य समितिको पदावधि तीन वर्ष हुनेछ । मूलत सञ्चारिका समूहले महिला पत्रकारहरुको हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्