OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २०, २०७८जुम्ला
८५३ पटक

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमविविएस पढाई शुरु हुने निश्चित भएको छ ।
प्रतिष्ठानको बहुप्रतिष्ठित बिषयको रुपमा रहेको एमविविएस कार्यक्रमको औपचारिक उद्धाटन गरिने रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । रजिष्ट्रार महतका अनुसार २०७८ साल मंशिर २६ गते उद्धाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला जाने कार्यक्रम तय भएको छ । उहाँका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, विज्ञान प्रविधि तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल समेत एमविविएस कक्षाको उद्धाटन गर्न जुम्ला पुग्नु हुने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

जुम्लामा राष्ट्रपति भण्डारीले एक भब्य समारोहका बिच एमविविएस कक्षाको उद्धाटन गुर्न हुने छ । एमविविएस कक्षा उद्धाटन गर्न आवश्यक तयारी भईरहेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।
सरकारले जुम्लामा २० सिट एमविविएस अध्ययन गर्ने अनुमति दिएको छ । एमविविएस भर्ना कार्यक्रम सकिसकेको र अव पढाई शुरु हुने भएको जानकारी प्राप्त हुुनुका साथै कार्यक्रममा सहभाािग हुन सरोकारवाला निकायहरुलाई निम्तो समेत दिने कामको शुरुवात भएको छ । राष्ट्रपति विद्या भण्डारी सहित विशिष्ट राज्यका सरोकारवाला निकायलाई निम्तो दिन तथा आवश्यक तयारी गर्न उपकुलपति रावलले जानकारी दिनुभयो ।

। विसं २०६८ साल कात्तिक ३ गते तत्कालिन संविधानसभा सदस्य तथा कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रतिष्ठानको विद्ययक संघीय संसदमा दर्ता गराई शुरु भएको कर्णालीकै स्वास्थ्य धरोहरको रुपमा स्थापित भएको छ । विशिष्ट स्वास्थ्य सेवा, स्नातक सम्मको स्वास्थ्य जनशक्ति, स्नाकोत्तर तहको एमडि सहित विभिन्न कक्षाहरु संचालन भईरहेको समयमा एमविविएस समेत शुरु हुने भएको छ । जुम्लामा हिजो उपाचार गर्ने डाक्टर समेत नभएको अवस्थामा अव कर्णालीले मुलुकले डाक्टर दिने भएको छ । प्रतिष्ठानका संस्थापक नरेश भण्डारीले राज्यबाट स्थापित कर्णाली प्रतिष्ठानको गति यहाँ पुग्दा खुशी भएको बताउनुभयो । , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमविविएस पढाई शुरु हुने निश्चित भएको छ ।

प्रतिष्ठानको बहुप्रतिष्ठित बिषयको रुपमा रहेको एमविविएस कार्यक्रमको औपचारिक उद्धाटन गरिने रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । रजिष्ट्रार महतका अनुसार २०७८ साल मंशिर २६ गते उद्धाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला जाने कार्यक्रम तय भएको छ । उहाँका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, विज्ञान प्रविधि तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल समेत एमविविएस कक्षाको उद्धाटन गर्न जुम्ला पुग्नु हुने भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

जुम्लामा राष्ट्रपति भण्डारीले एक भब्य समारोहका बिच एमविविएस कक्षाको उद्धाटन गुर्न हुने छ । एमविविएस कक्षा उद्धाटन गर्न आवश्यक तयारी भईरहेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।

सरकारले जुम्लामा २० सिट एमविविएस अध्ययन गर्ने अनुमति दिएको छ । एमविविएस भर्ना कार्यक्रम सकिसकेको र अव पढाई शुरु हुने भएको जानकारी प्राप्त हुुनुका साथै कार्यक्रममा सहभाािग हुन सरोकारवाला निकायहरुलाई निम्तो समेत दिने कामको शुरुवात भएको छ । राष्ट्रपति विद्या भण्डारी सहित विशिष्ट राज्यका सरोकारवाला निकायलाई निम्तो दिन तथा आवश्यक तयारी गर्न उपकुलपति रावलले जानकारी दिनुभयो ।

। विसं २०६८ साल कात्तिक ३ गते तत्कालिन संविधानसभा सदस्य तथा कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रतिष्ठानको विद्ययक संघीय संसदमा दर्ता गराई शुरु भएको कर्णालीकै स्वास्थ्य धरोहरको रुपमा स्थापित भएको छ । विशिष्ट स्वास्थ्य सेवा, स्नातक सम्मको स्वास्थ्य जनशक्ति, स्नाकोत्तर तहको एमडि सहित विभिन्न कक्षाहरु संचालन भईरहेको समयमा एमविविएस समेत शुरु हुने भएको छ । जुम्लामा हिजो उपाचार गर्ने डाक्टर समेत नभएको अवस्थामा अव कर्णालीले मुलुकले डाक्टर दिने भएको छ । प्रतिष्ठानका संस्थापक नरेश भण्डारीले राज्यबाट स्थापित कर्णाली प्रतिष्ठानको गति यहाँ पुग्दा खुशी भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्