

१५ मंसिर २०७८, बुधबार
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक ईच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा ४१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा गणेश सिर्पाली (रुकुमपश्चिम) खुला उपाध्यक्षहरुमा पूर्णप्रसाद चौलागाईं(जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), तिलकराज वली (सल्यान) विवशकुमार सेजुवाल (सुर्खेत), युद्धजित शर्मा (जाजरकोट), अर्जुनप्रसाद भट्टराई (कालीकोट), उपेन्द्र न्यौपाने (जुम्ला) चयन हुनुभएको अध्यक्ष मण्डलका अध्यक्ष ओपेन्द्र शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, महिला सचिवमा जाजरकोटका देवका लामिछाने र दलित सचिवमा हुम्लाका तिलसरा विक चयन हुनुभएको अध्यक्ष शर्माले बताउनुभयो ।
प्रदेश समिति सदस्यहरुमा सविता जि.सी. (सुर्खेत), तुलसा रोका (रूकुम पश्चिम), प्रगति गिरी (सल्यान), पुश्पा शाही पौडेल (दैलेख), दानाकुमारी शाही (जुम्ला), धनकुमार शाही (रूकुम पश्चिम), ज्ञानु गौतम (रूकुम पश्चिम), टिकाराम भण्डारी (सल्यान), कृष्णा शर्मा (दैलेख), चन्द्रप्रकाश के.सी. (जाजरकोट), जीवन तिमिल्सीना (सुर्खेत)बाट चयन भएका छन् ।
त्यसैगरी, किरण बुढा (डोल्पा), मन्दिर सिंह (हुम्ला), दिपेन्द्र धिताल (जुम्ला), गजेन्द्र शाही (कालिकोट), मिना बुढा न्यौपाने (डोल्पा), सुरसा पुरी (कालिकोट), अंजिरसिंह बि.क. (दैलेख), अर्जुन विष्ट (रूकुम पश्चिम), काँशी न्यौपाने (जाजरकोट), हिमाल उपाध्याय (सल्यान), धनबहादुर रोकाय (जुम्ला), चंख रोकाय (कालिकोट), सुशिला न्यौपाने (कालिकोट), अमृत बुढाथोकी मगर (जुम्ला), तिलक बुढा (कालिकोट), गोविन्द वि.क. (सुर्खेत) रः दन्त तिरूवा (कालिकोट) चयन भएका छन् ।
यसैगरी, अशोककुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति, रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिति र लेखा समिति गठन गरिएको छ ।
अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश ईञ्चार्ज शक्तिबहादुर बस्नेतले गर्दै मिसन र व्यवसायिकताको संयोजनबाट पत्रकारिता अघि बढेको बताउनुभयो । ईञ्चार्ज बस्नेतले आजको राज्य संरचना र व्यवस्थाको आधार माओवादी नै भएको जिकिर गर्दै यसबाट प्राप्त भएका अधिकार र उलपब्धिको रक्षार्थ कलम चलाउन पत्रकार सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
उद्घाटनको क्रममा केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले कम्युनिष्ट आन्दोलनको फोहोर सफा गर्ने, मौलिक अधिकारको रक्षा र समाजवादी क्रान्ति यात्रमा प्रेस सेन्टरको कलमले अगुवाईको भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । प्रदेश सचिव रामदीप आचार्यले २१औं शताब्दीको सूचना र प्रविधिको युगमा आफूलाई प्रेस सेन्टर नेपालले समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रदेश समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष शर्माले पद तथा गोपयिनताको शपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्यहरु गोविन्द रोका (सचिन), लक्ष्मी पुन, कर्णाली प्रदेश ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकीलगायत केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।