

१५ मंसिर २०७८, बुधबार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मतका लागि गरेको प्रस्ताव गरेसँगै २२ मत पाउनुभएको हो ।
मुख्यमन्त्री शाहीको विपक्षमा शून्य मत रहेको जनाउँदै सभामुख राजबहादुर शाहीले उहाँले बहुमतले विश्वास प्राप्त भएको घोषणा गर्नुभयो । गएको बैशाख ३ गते निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएसँगै सत्ता गठबन्धनमा रहेका दल नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) तीन प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएको दिएका थिए ।
मुख्यमन्त्री शाहीसहित काँग्रेसको ६ मत खसेको थियो । त्यसको साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य सोशिला शाहीले समेत समर्थन दिँदै विश्वासको मत हाल्नुभएको थियो । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको थियो । अब भने प्रदेशसभा चार दलीय गठबन्धन भएको छ ।