OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७८जुम्ला
५५८ पटक

१५ मंसिर २०७८, बुधबार

सिंजा गाउँपालिका जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । ना.६.ख. ४४३८ नम्बरको बस आज बिहान करिब ७ः३० बजे दुर्घटना भएको हो ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिंजा गाउँपालिका १ जुम्ला थार्पीबाडास्थित सडकदेखि करिब १०० मिटर तल परेर गाडी दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बसचालक नविन रावल र पचालझरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनुभयो ।

बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाईतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाईएको उहाँले बताउनुभयो । घटनास्थलमा प्रजिअ प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्र घटनास्थलतर्फ जानुभएको छ ।

दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाईते भएका कनकासुन्दरी गाउँपालिका ७ जियापाटा निवासी ३२ वर्षीय बीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्सले घटनास्थलमा पुगेर फर्केको जिल्ला प्रशासन जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्