OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७८सुर्खेत
२४३ पटक

१३ मंसिर २०७८, सोमबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सहईञ्चार्ज कालीबहादुर मल्लले यो मुलुक हाँक्ने कुशल चालक माओवादी बन्नुपर्नेमा जोडदिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपालिकाको ६५ सदस्यीय सर्वसम्मत गठित समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा बोल्दै सहईञ्चार्ज मल्लले नेकपा (माओवादी केन्द्र) यो देशको कुशल चालक बने जनताले लाईसेन्स (ईजाजत) उपलब्ध गर्दै मुलुक हाँक्ने अधिकारी दिने बताउनुभयो । नीति माओवादीको तर नेतृत्व अर्कैको हातमा हुँदा मुलुक सहि दिशाबाट अघि बढ्न नसकेको उहाँको तर्क थियो ।

सहईञ्चार्ज मल्लले भन्नुभयो, “अहिले हाम्रा उपलब्धिहरु आईसियुबाट जनरल वार्डमा सारिएका छन् तर डिस्चार्ज भएका छैनन् । ती अधिकार र उपलब्धिहरु संस्थागत गर्ने अभिभारा हाम्रो काँधमा आईपुगेको छ ।” उहाँले पार्टी निर्माणमा दत्तचित्त भएर लाग्न पनि आग्रह गर्नुभयो ।

संघीयता प्रतिको विश्वास नहुनेहरुले व्यवस्थामाथि आक्रमण गरेको र माओवादी विरुद्ध भ्रम छरेको टिप्पणी गर्दै सहईञ्चार्ज मल्लले हाम्रा मत गिलास र मासु भातमा मिसिएर सकिएको बताउनुभयो । नगर समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण उहाँले बधाई ज्ञापन गर्दै वफादारिता, निष्ठा र क्रान्तिकारी मर्मका साथ संविधान तथा विधान रहेर वैज्ञानिक समाजवादका कार्यक्रमलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

नगर कमिटिका अध्यक्ष रत्न गाहा, उपाध्यक्षत्रय रतिमान सिंह, मदन पंगाली र पद्मा विष्ट सचिव झंकराज काफ्ले, सहसचिव रमेश परियार, कोषाध्यक्ष बमु केसीलगायतका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ गहण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्