OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १३, २०७८
६५१ पटक

१३ मंसिर २०७८, सोमबार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरगत सुर्खेत जिल्लामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आईतबार नै सभापतिमा संस्थापन पक्षका खड्क पोखरेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

बाँकी पदाधिकारी भएको निर्वाचनमा पनि संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । जसमा संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी हुनुभएको छ ।

उपसभापतिका उम्मेदवार खड्काले एक हजार २०३, रावतले एक हजार १६०, सचिवमा सुवेदीले एक हजार २६७, कँडेलले एक हजार १९२, सहसचिवमा विष्टले एक हजार १८० र डिसीले एक हजार १९६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्