OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७८सुर्खेत
४४८ पटक

१३ मंसिर २०७८, सोमबार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरगत सुर्खेत जिल्लामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आईतबार नै सभापतिमा संस्थापन पक्षका खड्क पोखरेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

बाँकी पदाधिकारी भएको निर्वाचनमा पनि संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । जसमा संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी हुनुभएको छ ।

उपसभापतिका उम्मेदवार खड्काले एक हजार २०३, रावतले एक हजार १६०, सचिवमा सुवेदीले एक हजार २६७, कँडेलले एक हजार १९२, सहसचिवमा विष्टले एक हजार १८० र डिसीले एक हजार १९६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्