OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७८काठमाडौं
५३२ पटक

१३ मंसिर २०७८, सोमबार

नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहनुभएका केपी शर्मा ओली आफुसहित १९ पदाधिकारी घोषणा गर्नुभएको छ । जहाँ अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका डा.भीम रावल र उपाध्यक्षका उम्मेदवारी दिएका घनश्याम भुसालको नाम देखिदैन । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाउनुभएका ओलीले अध्यक्षमा आफुसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोज्नुभएको छ ।

सूची अनुसार युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई उपाध्यक्ष बनाईएको छ ।

सूची यसप्रकार छः

अध्यक्षः केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ

महासचिव

शकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी
रघुवीर महाशेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल

प्रतिकृया दिनुहोस्