OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ११, २०७८काठमाडौं
३५२ पटक

११ मंसिर २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेको दशौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ। चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी १०औं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको प्रतिक्रिया थियो ।

द्शैभरिका ७५३ गाउँ तथा नगरपालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले शनिबार पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्नेमा जोड दिनुभयो । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दशौं महिधवेशन हुँदा पनि शुभकामनासम्म दिन नगएका उहाँले त्यस्तो आलोचना गर्नुभएको हो ।

‘हिजो हामीले कुम्भमेला जस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ दिएको देखिएन। त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,’ उहाँले भन्नुभयो । उहाँले एमालेको महाधिवशेनलाई तथाकथितु भएको तकै गर्नुभयो ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभायो, ‘तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं ।’

एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने दाहालको भनाइ थियो । ‘अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले माओवादीप्रति जनतामा आशा जागेको पनि बताउँदै माओवादीप्रति तराई(मधेसदेखि हिमालसम्म जनाधार बढ्दै गएको समेत दावी गर्नुभयो । माओवादी कमजोर भयो भने परिवर्तनका एजेन्डा, राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न सम्बोधनबाटै उहाँले निर्देशन दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्