OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७८जुम्ला
४९१ पटक

८ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ ।

सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय सभापतिका उम्मेदवार दीपबहादुर शाहीले ४६९ मत ल्याउनुभएको हो । पाँच मतको अन्तरले संस्थापन पक्षीय शाही विजयी हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता हसिना प्रधानले जानकारी दिनुभयो ।

सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेले पक्षीय उपाध्यक्षद्वय दिपक शाहीले ५१६ र कार्मा बुढाले ४८६, सचिवद्वय अर्जुनसिंह कठायतले ५१८ र लक्ष्मण शाहीले ४५७, सहसचिवद्वय नन्दप्रसाद चौलागाईले ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयी हुनुभएको उहाँले जनाउनुभयो ।

त्यस्तै, संस्थापन पक्षीय उपाध्यक्षद्वय नन्दराम बुढाले ४०५ र मक्करबहादुर हमालले ३७८, सचिवद्वय घनश्याम थापाले ३२९ र दानबहादुर बुढाले ३७० र सहसचिवद्वय धनबहादुर रावतले ४१८ र नवराज देवकोटाले ३८७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अधिवक्ता प्रधानले बताउनुभयो ।

उहाँका अनुसार खसेको कुल ९८१ मतमा पाँच मत बदर भएको छ । महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको निर्वाचन समिति जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्