कोरपाटी संवाददातामंसिर ७, २०७८जुम्ला

९४३ पटक

७ मंसिर २०७८, मंगलबार
नेपाल काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत जुम्लाको सातौं अधिवेशनका क्रममा भएको निर्वाचनको मतगणना अनुसार अहिलेसम्म देउवा पक्षीय कर्णबहादुर शाही अगाडि रहेको जनाईएको छ ।
कुल एक हजार मतदाता मध्ये ९८१ मत खसेकोमा आज दिउसो १ः०० बजेबाट शुरु भएको मतगणनामा अहिलेसम्म ४११ मत गणना भएको छ । जसमा देउवा पक्षीय शाहीले १९७ र पौडेल पक्षीय सभापतिका उम्मेदवार दीपबहादुर शाहीले १९५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत प्रधानका अनुसार अहिलेसम्म देउवा पक्षीय शाहीले दुई मतले अगाडि बढ्नु भएको छ । यद्यपि दुवैबीच कडा प्रतिस्पर्धा देखिएको छ । ४११ मतगणना गर्दा १९ मत रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।