OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ७, २०७८काठमाडौं
६१६ पटक

७ मंसिर २०७८, मंगलबार

राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

युवा पुस्ताले नेतृत्व हातमा लिनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो । सोही क्रममा लिङ्देनलाई सघाउन राणाले उम्मेदवारी नदिने सहमति भएको हो । राप्रपामा दुबै नेता युवापुस्तामाझ लोकप्रिय मानिन्छन् ।

स्रोतका अनुसार राजेन्द्रले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । रातोपाटीसँग कुराकानी गर्दै लिङ्देनले आफूले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको र केही दिनमै उम्मेदवारी घोषणा गरिने बताए ।

विगतमा अध्यक्ष कमल थापा निकट रहेका लिङ्देनको अध्यक्षमा उम्मेदवारी दिने तयारीले राप्रपामा तरंग उत्पन्न भएको छ ।  थापा पनि अध्यक्षको दौडमा रहेका छन् भने पशु्पति शमशेर राणा र पशुपति शमशेर पनि अध्यक्षको आकांक्षी रहेका छन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्