OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर ६, २०७८जुम्ला ।
७४४ पटक

मंशिर ६ गते, अपांगता भएका व्यक्तिहरुद्धारा संचालन गरिएका संस्थाका सदस्यहरुलाई अभिमुखीकरण गरिएको छ ।
जुम्ला, कालिकोट र मुगुका अपांगता भएका व्यक्तिहरुद्धारा संचालन गरिएका संस्थाका पदाधीकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य पुनस्र्थापनाका बिषयमा अभिमुखीकरण गरिएको हो ।

राष्ट्यि अपांग महासंघले यूएसएआईडि र ह्याण्डी क्याप ईन्टरनेश्नल नेपालको सहयोगमा संचालन गरिएको पुनस्र्थापन परियोजना अन्तरगत अपांगता भएका पदाधिकारीहरुलाई अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्र्थापनका बिषयमा अभिमुखीकरण गरिएको परियोजना संयोजक पार्वती आलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लामा नेपालको संविधान सहित अपांगता बिषयका राष्ट्रिय कानून तथा नितिहरु, स्वास्थ्य समस्यायहरु, स्थानीय सरकार सँगको समन्वयको बिषय, अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यका बिषयमा डिपिओको भूमिका, स्थानीय तहमा वकालत र पैरवि सहितका विभिन्न बिषयमा अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा अपांगता भएका व्यक्तिहरुले भोग्नु परेको स्वास्थ्य समस्याका बिषयमा छलफल वहश गरिएको छ ।

स्थानीय तहमा उनिहरुले निति तथा योजना र विकास बजेटका बिषयमा आगामी दिनमा लागी पर्ने, योजना बनाउने, स्थानीय सरकारसँग समन्वय सहकार्य र पैरवी गर्ने अपांगता भएका व्यक्तिहरुले जोड दिएका छन् ।

अभिमुखीकरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य देवकोटा, प्रदेश अध्यक्ष बिष्णु शर्मा, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, पूर्व केन्द्रीय सदस्य तथा अपांग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धिताल सहितका अपांगता भएका व्यक्तिहरुको समेत सहभागिता भएको छ ।
महासंघका प्रदेश अध्यक्ष बिष्णु शर्माले संघीयता पछि पैरवि कम भएको हुदा लक्षित बर्गको स्थानीय तहमा काम कम भएको बताउनुभयो । अपांगता भएका व्यक्तिहरुले कार्ययोजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्