OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७८सुर्खेत
४८२ पटक

६ मंसिर २०७८, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता साझेदार दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला, क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचनको चटारोले केही ढिलो भएपनि जतिसक्दो मन्त्रिपरिषद् विस्तारको कार्यलाई तीव्रता दिइने बताउनुभयो । “मन्त्रिपरिषद् विस्तारको कार्य सत्ता साझेदार दलकै सल्लाह र निर्णय अनुसार हुन्छ,” उहाँले भन्नुभयो, “यसका लागि हामी गठबन्धन दलका नेताहरुबीच छलफल भईरहेको छ ।”

विश्वासको मत लिनुपूर्व वा लिईसकेपछि कहिले मन्त्रिपरिषद् विस्तार गर्ने ? भन्ने रासससको प्रश्नमा मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलका नेताहरुले जे भन्नुहुन्छ त्यही गर्ने कुराको जवाफ दिनुभयो । यही मंसिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले यही मंसिर २ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ ।

मुख्यमन्त्री शाही नियुक्त भएको २० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा खासगरी सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमतिको टुङ्गो नलागेको बताईएको छ । सत्ता गठबन्धन दलहरुमा १२ प्रदेशसभा सदस्य भएको नेकपा (माओवादी केन्द्री)ले चार मन्त्री, तीन प्रदेशसभा सदस्य भएको नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्री र छ प्रदेशसभा सदस्य भएको नेपाली काँग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री पाउनुपर्ने जिकिर गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्