

४ मंसिर ३०७८, शनिबार
नेपाली कांग्रेस जुम्लाको सातौ जिल्ला अधिवेशनमा सहमतिबाट पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनका लागि दुई प्यानल घोषणा गरिएका छन् ।
सहमतिको लामो प्रयास गरेको जुम्ला कांग्रेसले सहमति हुन नसकेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दुई प्यानल घोषणा गरिएका छन् । मनोनयन हुन भने बाँकी रहेको छ ।
जस अनुसार नेपाली कांग्रेसको सातौ जिल्ला अधिवेशन अन्तर्गत देउवा पक्षको सभापतिमा कर्णबहादुर शाही र पौडेल पक्षको सभापतिमा दिपबहादुर शाहीको प्यानल बाहिरिएको हो । दुवै पक्षले प्यानलका आ-आफ्ना पदाधिकारीको उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।
पौडेल टिमबाट सभापतिमा दिपबहादुर शाही, उपसभापतिमा दिपक शाही र कार्मा बुढा सचिवमा लक्ष्मणबहादुर शाही र अर्जुनसिंह कठायत, सहसचिवमा नन्दप्रसाद चौलागाई र धनेन्द्र बोहोरासहितको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै, देउवा प्यानलबाट सभापतिका उम्मेदवार कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कर हमाल, सचिवमा दानबहादुर बुढा र घनश्याम थापा, सहसचिवमा नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भएको छ ।
सभापति दिपबहादर शाहीले मंसिर ४ गते मनोनयन दर्ता, ५ गते अन्तिम नामावली प्रकाशन र ६ गते निर्वाचन हुने भएको जानकारी दिनुभयो । जुम्लामा जिल्ला कार्यसमिति ३७ जना र महाधिवेशन प्रतिनिधि २७ जना छनौट हुने भएका नेपाली कांग्रेस जुम्लाले जानकारी दिएको छ । निर्वाचनमा दुवै पक्षले आफूले जित्ने दावी गरिरहेका छन् ।