OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर २, २०७८ जुम्ला,
६७३ पटक

मंशिर २ गते । सूचना प्रविधिले हरेक व्यक्तिलाई एक ठाउँ जोड्न सहयोग गरेको छ । पछिल्लो समय कोरोनाका कारण आएको जुम प्रणालीमा हरेक तहतप्काका नागरिकहरु शिक्षा लिने काम गरिरहेका छन् ।
जुम्लामा पछिल्लो समयमा समुहमा जोडिएका अपांगता भएका व्यक्तिहरु क्षमता अभिबृद्धिका कार्यक्रममा जोडिन थालेका छन् । उनिहरुले भौतिक रुपमा क्षमता अभिबृद्धि त गर्दै थिए तर प्रविधिको माध्यामबाट समेत तालिम तथा कार्यक्रममा आफ्नो क्षमता बढाउन थालेका छन् ।

विहीवार अपांगता भएका व्यक्तिहरु र अभिभावकहरुले कोरोनाको समयमा अपांगता भएका व्यक्तिहरुलाई परेको प्रभाव समस्या र सहयोगको विषयमा सामुहिक जुम वैठकबाट छलफल गरिएको छ । नेपाली अपांगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपाल कर्णालीले
जुम्लाका कनकासुन्दरी, सिञ्जा र चन्दननाथ नगरपालिकाका प्रतिनिधि अगुवा अपांगता भएका व्यक्ति र अभिभावकलाई कोरोनाको समयमा परेको प्रभाव र राहात प्याकेजका बिषयमा जानकारी गरेको हो ।
अपांगता भएका व्यक्तिहरुले पहिलो पटक जुम प्रविधिबाट तालिम लिन पाउदा खुशी भएका छन् । काठमाण्डौ, सुर्खेत भएका प्रनिधिहरु सँग जुम मार्फत आफ्ना कुरा राख्न पाउन निकै खुशी भएको स्थानीय सिञ्जा गाउँपालिका चेतनशिल अपांग समूहका अध्यक्ष गगन धितालले जानकारी दिनुभयो ।

कनकासुन्दरी गाउँपालिका वैदारवाडा निवासी धर्मलाल प्याकुरेलले उहाँले पहिलो पटक भिडियो वैठकमा सहभागी भएर आफ्ना कुरा राख्न पाउदा खुशी व्यक्त गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई यस्ता कार्यक्रममा जोड दिन अनुरोध गर्नुभयो ।

कोरोनामा प्रभावित भएका व्यक्तिहरुलाई अहिले सिविएमको सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपाल, आईएन एफ, नेपाल र सिएमसिले राहात कार्यक्रम, जनचेतना, मनोसमाजिक प्रवर्धन कार्यक्रम शुरु गरेको छ । सोही अनुसार महासंघले कोरोनाको समयमा भएका समस्या, जानकारी तथा रोकथामका उपायहरु र पुनस्र्थापनका बिषयमा अपांगता भएका व्यक्तिहरुलाई जानकारी गराएको महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले जानकारी दिनुभयो । शर्माले सहितको महासंघको टिम जुम्ला आएर अपांगता भएका व्यक्तिहरुलाई अहिले जुम प्रविधिबाट तालिम दिईरहेको जानकारी गरिएको छ ।

सहजीकरण भिडियो प्रविधि जुम मार्फत राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदी सहितले गर्नु भएको थियो । सोही कार्यक्रम अन्तरगत आईएन एफ नेपालले राहात स्वरुप खाद्यन्न तथा सिएम सि नेपालले दुई सय बढि व्यक्तिहरुलाई जुम्लामा मनोपरामर्श तालिम दिएको जानकारी दिईएको छ । कोरोनाले विभिन्न कारणले मनोसमस्या भएका व्यक्तिहरुलाई परामर्श सेवा समेत दिने काम भईरहेको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्