OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २, २०७८सुर्खेत
३५४ पटक

२ मंसिर २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित कसरकारमा जाने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिनुभयो ।

“आज बसेको बैठकमा माओवादीको सम्मानजनक सुनिश्चिततासहितको सहभागिता खोज्ने जिम्मा दलको नेता शाहीलाई दिने निर्णय गरिएको छ,” प्रमुख सचेतक विष्टले भन्नुभयो, “यस विषयमा उहाँ (दलको नेता)ले सत्ता गठबन्धन दलभित्र छलफल गर्नुहुन्छ ।” माओवादी केन्द्रले मुख्यमन्त्री शाही नियुक्त भएदेखि चार मन्त्रीको सुनिश्चितता खोज्दै आएको र आज पनि त्यसैमा टेकेर निर्णय गरिएको उहाँको भनाई थियो ।

उहाँका अनुसार मन्त्रिपरिषद्मा विस्तार ढिलाई भएकोले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहीले तदरुकता देखाउनुपर्दछ । माओवादीमा सकेसम्म नयाँ अनुहारका प्रदेशसभा सदस्यहरु सरकारमा जाने जनाउँदै प्रमुख सचेतक विष्टले आजको बैठकमा जनजीविका सवाललाई केन्द्र राखेर छलफल भएको जनाउनुभयो ।

सरकारमा को–को जाने भन्ने कुरामा मिडियामा आएजस्तो माओवादी केन्द्रमा कुनै लुछाचुडी नभएको र अवसर सबैलाई बाँडफाँड हुने गरी निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले बताएको छ ।

सरकार गठनका लागि सत्ता गठबन्धन दलको नेतृत्वको गरिरहेको नेपाली काँग्रेसले मुख्यमन्त्री बाहेक दुई, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्री हुनुपर्ने दावी गरिरहेका छन् । प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र समाजवादीका ३ जना छन् ।

प्रतिकृया दिनुहोस्